वीरगञ्ज। बारा प्रहरीले एक घरमा छापा मारेर ठूलो मात्रामा प्रतिबन्धित लागूऔषध गाजा बरामद गरेको छ ।जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले शुक्रबार राती सिम्रौनगढ नगरपालिका–९ नयाका टोलस्थित एक व्यक्तिको घरमा छापा मार्दा करिब १३८ किलो ७०० ग्राम गाजा बरामद गरिएको हो ।विशेष स्रोतका अनुसार उक्त घरबाट गाजासहित एक महिलालाई प्रहरीले नियन्त्रणमा लिइएको जनाएको छ । पक्राउ गरिएको महिलाको नाम अहिले गोप्य राखिएको छ ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सुचना विभाग दर्ता नम्बरः १६५५
प्रेस काउन्सिल दर्ता नम्बर: १९३९




