वीरगञ्ज, १३ भदौ। भारतमा बिहिबार देखि सुरु भएको टी-२० सिरिजअन्तर्गत दोस्रो खेलमा नेपाल ‘ए’ ले आसामलाई फराकिलो रनले पराजित गरेको छ । आज भएको दोस्रो खेलमा नेपाल ‘ए’ ले आसमलाई ९६ रनले पराजित गरेको हो ।टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १ सय ७३ रन बनाएको थियो । १ सय ७४ रनको लक्ष्य पछ्याएको आसाम १५.२ ओभरमा अलआउट हुँदै ७७ रन मात्रै जोड्न सक्यो ।यसअघि बिहीबार भएको पहिलो खेलमा नेपाल ‘ए’ डीडिएलएस मेथड अनुसार १५ रनले पराजित भएको थियो ।
सुचना विभाग दर्ता नम्बरः १६५५
प्रेस काउन्सिल दर्ता नम्बर: १९३९




