हेटौंडामा लागूऔषधसहित दुई जना पक्राउ

वीरगञ्ज,बस्तीपुरस्थित सडकमा झोला बोकेर हिँडिरहेको अवस्थामा प्रहरीले शंका लागेर खानतलासी गर्दा उनको झोलाबाट ७ किलो ६५० ग्राम गाँजा बरामद गरेको थियो । साहले बोकेको झोलामा प्लास्टिकमा गाँजा लुकाएर ल्याएका थिए ।मकवानपुर प्रहरीले दुई भिन्न स्थानबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका—१९ वस्तीपुरबाट प्रहरीले गाँजासहित रौतहट गरुडा नगरपालिका—६ का १९ वर्षीय दुर्गाकुमार साहलाई पक्राउ गरेको हो ।

बस्तीपुरस्थित सडकमा झोला बोकेर हिँडिरहेको अवस्थामा प्रहरीले शंका लागेर खानतलासी गर्दा उनको झोलाबाट ७ किलो ६५० ग्राम गाँजा बरामद गरेको थियो । साहले बोकेको झोलामा प्लास्टिकमा गाँजा लुकाएर ल्याएका थिए ।

यसैगरी हेटौंडा—१३ ठूलोथलीबाट लागूऔषधसहित सोही स्थान बस्ने ४५ वर्षीय राजकुमार मोक्तानलाई प्रहरीले पक्राउ गरेको छ । ठुलोथलीको बाटोमा हिँडिरहेको अवस्थामा प्रहरीले शंका लागेर मोक्तानले बोकेको झोला खानतलासी गर्दा २ हजार १ सय ट्रामाडोल ट्याब्लेट फेला पारेको थियो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पक्राउ परेका दुवै जनालाई मकवानपुर जिल्ला अदालत हेटौंडाबाट लागुऔषध मुद्दामा म्याद लिई अनुसन्धान गरिरहेको छ ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः