कलैया उपमहानगरले गर्यो प्रधानाध्यापकसहित १४ जना शिक्षकको सरुवा

वीरगञ्ज भदौ ११ गते कलैया उपमहानगरपालिकाले प्रधानाध्यापकसहित १४ जना शिक्षकको सरुवा गरेको छ। उपमहानगरपालिकाको शिक्षा,यूवा तथा खेलकुद महाशाखाले दिएको जानकारी अनुसार ७ जना प्रधानाध्यापक र ७ जना शिक्षकको सरुवा भएको हो।शिक्षा समितिको बैठकले श्री ३ चन्द्र माध्यमिक बिधालयका प्रधानाध्यापक नरेन्द्र गिरिलाई श्री पन्ना देविमा सरुवा गरिएको छ। श्री ३ चन्द्र माध्यमिक बिधालयको जिम्मेवारी हाल श्री महाबिर नेपाल राष्ट्रिय माध्यमिक बिधालय ब्रहम्पुरीमा प्रधानाध्यापक रहेका रमेश कुशवाहाले पाएका छन्।महाबिर माध्यामिक बिधालय ब्रहम्पुरिमा मटिअर्वाबाट सरुवा गरिएका दिपेन्द्र यादवलाई प्रधानाध्यापकको जिम्मा दिइएको छ। पन्नादेबी कन्या माध्यामिक बिधालयका मोतिलाल यादवलाई मोतिसरमा सरुवा गरिएको शिक्षा शाखाले जनाएको छ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः