वीरगञ्जमा हैजा प्रकोप : नारायणी अस्पतालका कर्मचारीहरूको बिदा रद्द, जिम्मेवारीमा फर्किन निर्देशन

वीरगञ्ज । वीरगञ्जमा तीव्र रूपमा फैलिरहेको हैजा सङ्क्रमणलाई मध्यनजर गर्दै नारायणी अस्पतालले सम्पूर्ण चिकित्सक, नर्स र कर्मचारीलाई बिदा रद्द गरी तत्काल कार्यक्षेत्रमा फर्कन आह्वान गरेको छ ।

अस्पताल प्रशासनले आइतबार एक जरुरी सूचना जारी गर्दै बिदामा रहेका स्वास्थ्यकर्मीहरूलाई पनि तुरुन्त हाजिर हुन अनुरोध गरेको छ ।

नेपाल सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत सञ्चालित नारायणी अस्पतालले स्वास्थ्य सङ्कटलाई गम्भीर रूपमा लिएर यस्तो कदम चालेको हो ।

अस्पतालको सूचनामा भनिएको छ, “वीरगञ्जमा हैजाको प्रकोप तीव्र गतिमा फैलिरहेकाले रोग नियन्त्रण र प्रभावकारी उपचारका लागि सम्पूर्ण स्वास्थ्यकर्मीको सक्रिय सहभागिता अपरिहार्य छ ।”

यसैगरी, आपत्कालीन सेवामा कुनै अवरोध नहोस् भन्ने उद्देश्यले बिदा स्थगनको निर्णय गरिएको अस्पतालले जनाएको छ । सबै कर्मचारीलाई आफ्नो जिम्मेवारीमा तत्काल फर्किएर बिरामीको सेवामा जुट्न आग्रह गरिएको छ ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः