पर्साको पटेर्वा सुगौलीमा विवाहका लागि वडा कार्यालयको अनुमति अनिवार्य

पर्सा जिल्ला, पटेर्वा सुगौली गाउँपालिका-५ मा अब कसैले पनि विवाह गर्न चाहेका जोडीले वडा कार्यालयबाट अनुमति लिनुपर्ने भएको छ। गाउँपालिकाले हालै लागू गरेको यो नयाँ निर्णयअनुसार विवाहको मिति निर्धारण गर्नु अघि दुवै पक्षका अभिभावकको सहमति र आवश्यक कागजातसहित वडा कार्यालयमा अनुमति लिनुपर्नेछ।

स्थानीय प्रशासनका अनुसार, बालविवाह नियन्त्रण, विवाहसम्बन्धी कानुनी प्रक्रिया सहज बनाउने र गलत विवरणमा आधारित विवाह रोक्नका लागि यो निर्णय गरिएको हो। वडा अध्यक्षका अनुसार, अनुमति विना गरिने विवाह कानुनी कारबाहीको दायरामा पर्नेछ।

यो निर्णय लागू भएपछि अब गाउँपालिकामा हुने सबै विवाहका विवरण वडा कार्यालयमा दर्ता हुने भएकाले सामाजिक सुरक्षा, नाता प्रमाणिकरण र कानुनी प्रक्रियामा समेत सहजता हुने अपेक्षा गरिएको छ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः