तराई-मधेश: दिनरात मेहनत गरेर धान खेती गर्दै आएका किसानका खेतमा बाली हुर्कने बेला जमिन चिरिन थालेपछि चिन्तामा रहेका किसानको अनुहारमा आजको रिमझिम वर्षाले पुनः मुस्कान ल्याएको छ।
लामो समयको सुख्खा र गर्मीले खेत सुकेको र धानको बोट ओइलाउन थालेको अवस्थामा परेको वर्षाले खेतमा हरियाली फर्काएको छ। किसानले अब बाली राम्रोसँग बढ्ने र उत्पादनमा सकारात्मक प्रभाव पर्ने आशा व्यक्त गरेका छन्।
स्थानीय किसानहरूका अनुसार, यदि यस्तै मौसम बनेर वर्षा निरन्तर जारी रह्यो भने यस वर्ष धानको उत्पादन राम्रो हुने अपेक्षा गरिएको छ।




