सल्यान गाडी दुर्घटनाका गम्भीर घाइते एकजनाको मृत्यु

सल्यान — सल्यानमा बिहीबार दिउँसो भएको गाडी दुर्घटनामा गम्भीर घाइते एकजनाको गए राति मृत्यु भएको छ । कुमाख गाउँपालिका-४ का ७३ वर्षीय कलिभान रानाको मृत्यु भएको हो ।

उनको बाँके कोहलपुरस्थित मेडिकल कलेजमा उपचार क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेशम खत्रीले बताए ।

नेपालगन्जबाट सल्यानको रागेचौर हुँदै रुकुम पश्चिम चौरजहारी जाँदै गरेको भे १ ख ३९९४ नम्बरको फोर्स गाडी कुमाख-२ बराईज्युला नजिकै दुर्घटना हुँदा १५ जना घाइते भएका थिए ।

घाइतेमध्ये १३ जनाको कोहलपुरस्थित मेडिकल कलेजमा उपचार भइरहेको खत्रीले जानकारी गराए । उनका अनुसार गाडी अनियन्त्रित भएर दुर्घटनामा परेको थियो । गाडीमा १५ जना सवार थिए ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः