वीरगञ्जमा ई-रिक्सा चार्ज गर्दै गर्दा करेन्ट लागी एकको मृत्यु

वीरगंज, ६ साउन । वीरगंजमा ई-रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा वीरगंज महानगरपालिका वडा नम्बर २४ निवासी २६ वर्षीय जाहिर अंसारी रहेको प्रहरीले जनाएको छ ।

आफ्नै घर अगाडि ई-रिक्सा चार्जमा लगाउने क्रममा करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि वीरगंजस्थित तराई अस्पतालमा लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः