+ घटना विवरण :-
ईशा हेल्पलाईन केयरगिभर ट्रेनिङ एण्ड रिसर्च सेन्टर प्रा.लि. जिल्ला काठमाण्डौ का.म.न.पा.वडा न.२८ पुतलीसडक मुख्य कार्यालय भई जिल्ला चितवन भरतपुर महानगरपालिका वडा न.०३ स्थितमा शाखा कार्यालय स्थापना भई बिधार्थीलाई तालिम दिई रहेको सो शाखा कार्यालयमा प्रदिप सुबेदीलाई सम्झौता गरी जिम्मा दिई रहेको जिल्ला बाङलुङ गल्कोट नगरपालिका वडा न.०१ घर हुने बर्ष २८ को प्रदिप सुबेदीले मुख्य कार्यालयलाई कुनै जानकारी नगराई आफुखुशी ईशा हेल्पलाईन केयरगिभर ट्रेनिङ एण्ड रिसर्च सेन्टर प्रा.लि.को बोर्ड हटाई जि.डि. मल्टि टेक्निकल कलेज प्रा.लि. को बोर्ड राखी तालिम गर्न आउने बिधार्थीहरुलाई ईशा रिसर्च सेन्टर प्रा.लि.र जि.डि. टेक्निकल कलेज प्रा.लि. एउटै हो भनी झुक्काई भ्रममा पारी बिधार्थीवाट रकम ठगी गरी ईशा को लेटर प्याड, छाप समेत लगाई प्रा.लि.लाई समेत बेईमानीको नियत राखी नोक्सान पुर्याई ठगि गरेको भन्ने जाहेरी दरखास्त पर्न आएको र निज प्रदिप सुवेदीलाई मिति २०८१/०९/०२ गते दिउसो अ.१६:०० बजेको समयमा जिल्ला चितवन भ.म.न.पा. वडा नं. ३ स्थितबाट नियन्त्रणमा लिई सम्मानित चितवन जिल्ला अदालतबाट ठगी सम्बन्धि कसूरमा सम्मानित चितवन जिल्ला अदालतबाट दिन ६ म्याद थप गरी अनुसन्धान भईरहेको ।
श्रोत: नेपाल प्रहरी