
वीरगञ्ज, असार १० गते (२०८२)
“ड्रग्स अन्त्य हो सपना” भन्ने मूल नारासहित वीरगञ्जमा थर्ड राइड फर कोज (3rd Ride for Cause) कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। लागूऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस २०२५ (International Day Against Drug Abuse and Illicit Trafficking 2025) को अवसरमा आयोजित यो सन्देशमूलक मोटरसाइकल राइडले युवाहरूमा चेतना अभिवृद्धि गराएको छ।


स्व. सन्तोष कार्की को स्मृतिमा समर्पित यो यात्रा २४ देखि २६ जुन (असार ८–१०) सम्म मधेश प्रदेशभरि संचालन गरिएको हो।
कार्यक्रमको मूल सन्देश “Breaking Chains: Prevention, Treatment & Recovery for All” लाई नेपालीमा “शृङ्खला तोडौं: सबैका लागि रोकथाम, उपचार र पुनःस्थापना” को रूपमा प्रवाह गरिएको थियो।

यस अभियानको क्रममा राइडरहरू वीरगञ्जदेखि सुरु गरी परवानीपुर, बिन्दबासिनी, संकऱाचार्य गेट, गहवामाई मन्दिर, र घण्टाघरसम्म पुगेर स्थानीय जनसमुदायलाई लागूऔषधको असरबारे सचेत गराउँदै अगाडि बढेका थिए।
विशेषगरी वीरगञ्जको ऐतिहासिक घण्टाघरमा केन्दल लाइट बालेर सार्वजनिक ध्यान आकर्षण गरिएको थियो।


राइडका क्रममा सहभागीहरूले सन्देशयुक्त टी–शर्ट, ब्यानर र मोटरसाइकल झण्डामार्फत अभियानलाई प्रभावशाली बनाएका थिए।
यस सन्देशमूलक अभियानको सह–आयोजन तथा समर्थनमा रहेका थिए:
👉 आस्था नेपाल,
👉 नयाँ गोरेटो पुनःस्थापना केन्द्र,
👉 MRG मकवानपुर रिकभरी समूह
👉 मनीला फाउण्डेशन
👉 डिसाइपल फाउण्डेशन (Disciple Foundation)
👉 सिमरा फुड्स एण्ड रेस्टो, वीरगञ्ज
आयोजक टोलीले कार्यक्रमपछि दिएको सन्देशमा भने:
“लागूपदार्थले युवाको जीवन नष्ट गर्छ, आउनुहोस् – हामी सबै मिलेर चेतना फैलाऔं र लागूपदार्थमुक्त समाज निर्माण गरौं।”




