चितवनमा भीषण सवारी दुर्घटना: बस र इभी गाडी ठोक्किँदा ७ जनाको ज्यान गयो, १८ घाइते

चितवनको खहरेपुलस्थित पूर्व–पश्चिम राजमार्गमा भएको एक भीषण सवारी दुर्घटनामा ७ जनाको ज्यान गएको छ भने १८ जना घाइते भएका छन्। दुर्घटना धनगढीबाट काँकडभिट्टा तर्फ गइरहेको यात्रुबाहक बस र मकवानपुरबाट नारायणगढ आउँदै गरेको इभी (EV) गाडी आपसमा ठोक्किँदा भएको हो।

प्राप्त जानकारीअनुसार मृतकमध्ये अधिकांश इभी माइक्रो गाडीमा सवार यात्रु रहेका छन्। दुर्घटनास्थलमा तत्कालै प्रहरी र उद्धार टोली पुगेर घाइतेहरूको उद्दार गरी उपचारका लागि नजिकको अस्पताल पठाइएको छ।

घटनाको थप विवरण आउन बाँकी रहेको छ भने मृतकको सनाखत कार्य जारी छ। प्रारम्भिक अनुसन्धानका आधारमा तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ।

सावधानीका लागि अपिल:
सडक प्रयोगकर्ताहरूलाई सुरक्षित र सावधानीपूर्वक यात्रा गर्न तथा ट्राफिक नियम पालना गर्न ट्राफिक प्रहरी कार्यालयले आग्रह गरेको छ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः