बारा, २९ जेष्ठ / हालसम्म बारा जिल्लाका नाकाहरूबाट बन्द रहेको तस्करीको लाइन प्रहरीकै सहयोग र संरक्षणमा सुरू भएको छ । बारा जिल्लाको कवहीगोठ र आमवा नाका हुँदै व्यापक रूपमा तस्करीको लाइन सुचारू भएको हो ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष तमाङ्गले शान्ति सुरक्षा सहित सीमा क्षेत्रबाट हुने अबैध कृयाकलापमा निगरानी बढाउन निर्देशन दिएपनी स्थानीय प्रहरी चौकी कवहिगोठ र दिक्षण झिटकैया प्रहरीले आफ्नो वर्दीलाई कमाइ खाने भाडो नै बनाएको पाइन्छ । कपडाको ठुला बडा तस्करहरू उक्त नाकामा सलबलाएका मात्र छैन्न प्रती दिन करोडौ बराबरको कपडा अबैध रूपले आयात गर्न सफल भएका छन ।
स्थानीय प्रहरी चौकीका कमान्डरहरू आफ्नो पहुच माथिल्लो निकायसम्म रहेको बताउदै कपडा तस्कर सङ्ग मासिक लाखौ रूपैया नजराना बुझी तस्करीको लाइन दिएको बारे चर्चाको बिषय बनेको छ । एनि हाउ पैसा कमाउ धन्दामा स्थानीय प्रहरी प्रशासन सिमित रहेको, स्थानीयहरू बताउछन । सीमा नाका हुँदै अबैध तरिकाले कपडा नेपाल भित्रयाउदै गरेको अवस्थामा ३ मिनेट १० सेकेन्डको भिडियो खिचेर पठाउदै तस्करीको लाइन खुलेको बारे जानकारी गराए । उनका अनुसार दिन दहाडै तस्करीको लाइन सुचारू छ, दिउँसो मात्र करिब २५ वटा भन्दा बढी मोटरसाइकलमा कपडा लोड गरि तस्करी हुँदै आएको छ, तर स्थानीय प्रहरी प्रशासन मुखदर्शक बनेका छन, उनले बताए ।
कवहिगोठ र आमवा नाकाबाट कुख्यात तस्कर खेना भन्नेले तस्करीको कार्य गर्दै आएको खुलेको छ । स्थानीय प्रहरी प्रशासनलाइ मासिक रूपमै महिनवारी स्वरूप लाखौ रकम नजराना बुझाइ तस्करी गर्ने गरेको, तस्कर नै मदिराभठीमा बडबडाउदै हिडेको बारे खुलेको छ । बिगत दुई दिन अगाडी एक मदिरा भठ्ठिमा प्रहरी प्रशासनको तदारूकता बारे बुझन खोज्दा सशस्त्र प्रहरीको एसपीलाई समेत महिनवारी बुझाएको र सीमामा खटिएका सशस्त्र प्रहरीलाई २० हाजर देखि ५० हजारसम्म महिनवारी स्वरूप रकम प्रदान गरिएको बताए ।
यता शान्ति सुरक्षा लगायत सीमा नाकाबाट हुने अबैध कारोबार माथी निगरानी बढाउन निर्देशन दिनु भएका प्रहरी उपरीक्षक सन्तोष तमाङ्गलाई समेत तस्करी धन्दा बारे ध्यान पुग्न अति अवाश्यक रहेको देखिन्छ ।




