वर्ल्ड टेस्ट च्याम्पियनसिप : पहिलो दिन बलर हाबी

डिफेन्डिङ च्याम्पियन अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीच बुधबार लर्डसमा सुरु भएको वर्ल्ड टेस्ट च्याम्पियनसिप फाइनलको पहिलो दिन बलर हाबी भएको छ । पहिले ब्याटिङ गरेको अस्ट्रेलिया २ सय १२ रनमै अलआउट भएको थियो ।

जवाफमा दक्षिण अफ्रिकाले चार विकेट गुमाएर ४३ रन बनाएको छ । अस्ट्रेलिया अझै १ सय ६९ रनले अगाडि छ । टेम्बा बभुमा तीन र डेविड बेडिनघम आठ रन बनाएर खेलिरहेका छन् । अस्ट्रेलियाका लागि मिचेल स्टार्कले १० रनमा दुई विकेट लिएका छन् ।

त्यस अगाडि दक्षिण अफ्रिकी बलर कगिसो रबाडाले ५१ रनमा पाँच विकेट लिएपछि अस्ट्रेलियालाई सस्तोमा समेटिएको हो । उनलाई मार्को जेनसनले पनि बलियो साथ दिए । जेनसनले ४९ रनमा तीन विकेट लिए ।

अस्ट्रेलियाली इनिङ्स दुई ब्याटरको प्रदर्शनमा टिकेको थियो । कमजोर सुरुआत लिएको अस्ट्रेलियाका लागि स्टिभ स्मिथले ६६ रन बनाए । यसतै बेउ वेबस्टरले ७२ रनको योगदान दिए । अब बिहीबार दोस्रो दिन अस्ट्रेलिया आफ्नो अग्रतालाई कायम राख्ने प्रयासमा हुनेछ ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः