महिला विश्वकपमा पाकिस्तानसँगका खेल भारतमा नभई अब श्रीलंकामा खेलाइने भएको छ । पाकिस्तानले विश्वकप खेल्नका लागि भारत आउन अस्वीकार गरेको छ ।
भारतले यसै वर्षको सुरुवातमा पुरुष च्याम्पियन्स ट्रफीका लागि पाकिस्तानमा खेल्न अस्वीकार गरेको थियो । त्यसपछि आईसीसीले भारत र पाकिस्तानबीका खेल न्यूट्रल भेन्यूको सुरुवात गरेको थियो ।
पाकिस्तानका गृहमन्त्रीले अप्रिलमा पाकिस्तानी महिला क्रिकेट टिम भारत नजाने बताएका थिए । त्यसैले अब भारतले पनि पाकिस्तानका लागि न्यूट्रल भेन्यूमा खेल खेलाउनुपर्ने भएको छ ।
आगामी सेप्टेम्बर ३० देखि नोभेम्बर २ सम्म महिला टी–२० विश्वकप हुँदैछ । यसको आयोजक भारत हो । यी खेलहरु भारत र पाकिस्तानमा हुनेछन् ।
भारतमा बेंगलुरु, गुवाहाटी, इन्दोर र विशाखापट्नममा हुने तय छन् । यता श्रीलंकाको भने कोलम्बोमा हुने तालिका छ । श्रीलंकामा पाकिस्तानका सात ग्रुप म्याच हुनेछन् । यसमा भारत र इंग्ल्यान्डविरुद्ध हुने खेल पनि समावेश छन् ।
सेमिफाइनल श्रीलंकामा हुनेछ । यदि पाकिस्तान फाइनलमा पुग्यो भने त्यो म्याच पनि श्रीलंकामै गर्नुपर्ने देखिन्छ । किनकी पाकिस्तानले भारत आउन अस्वीकार गरिसकेको छ ।




