पहिलो संस्करणको एसिसी यु-१९ महिला एसिया कप क्रिकेटमा आज पाकिस्तानसाग भिड्‌दै नेपाल

एसीसी यू१९ महिला एसिया कप क्रिकेटमा नेपालले आज पाकिस्तानसँग खेल्दैछ । समूह बी मा रहेका नेपाल र पाकिस्तानबीचको खेल नेपाली समयअनुसार बिहान १२: ४५ बजे क्वालालम्पुरस्थित बायुमास ओभलमा सुरु हुनेछ । पाकिस्तान पहिलो खेलमै भारतसँग पराजित भएकोले नेपालले आजको खेल जित्न सके सुपर फोर मा प्रवेश गर्नेछ ।

पुजा महतोको कप्तानीमा रहेको नेपाली टोली उच्च मनोबलका साथ मलेसिया पुगेको छ । आईसीसी यू१९ महिला टी२० विश्वकप एसिया छनोटको विजेता बनेपछि नेपाल यू१९ विश्वकप र यू१९ एसिया कपमा छनोट भएको थियो ।

नेपाल यु–१९ टोली: पूजा महतो (कप्तान), सोनी पाख्रिन, किरणकुमारी कुँवर, कृष्मा गुरुङ, साना प्रवीण, स्नेहा महरा, सावित्री धामी, तृष्ना विक, रिया शर्मा, अलिशाकुमारी यादव, कुसुम गोदार, सिमाना केसी, ज्योत्सिका मरासिनी, अनु कडायत , रचना चौधरी,  लगायत खेलाडीहरु खेल्दइ छन् ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः