डायबिटिज हुँदा रातिमा कस्ता लक्षण देखिन्छन् ?

डायबिटिज एकपटक भयो भने यसबाट पार पाउन मुस्किल हुन्छ । यद्दपि औषधि खाँदा यसलाई नियन्त्रणमा भने राख्न सकिन्छ । जब हाम्रो शरीरले इन्सुलिनको उत्पादन कम गर्दा या इन्सुलिनको प्रभावकारी उपयोग नहुँदा यो समस्या देखिन्छ ।

यस्तो अवस्थामा हाम्रो ब्लड सुगर लेभल पनि बढ्दै जान्छ । र बिरामीलाई औषधि र जीवनशैलीमा सुधार गर्नु अनिवार्य हुन जान्छ । कुनै व्यक्तिमा डायबिटिज छ कि छैन भन्ने कुरा त्यस व्यक्तिमा देखिने लक्षणबाट पत्ता लगाउन सकिन्छ । सामान्य रुपमा रातिको समयमा देखिने लक्षणहरु यस्ता छन् ।

रातिमा हुने ब्लड सुगरलाई नक्टुरनल हाइपोग्लाइसीमिया पनि भनिन्छ । सुत्दा जब रक्तचाप ७० भन्दा तल झर्छ तब यो प्रक्रिया हुन्छ । यो इन्सुलिन लिँदै गरेका व्यक्ति र केही मधुमेहको औषधि प्रयोग गर्नेहरुमा देखिन्छ ।

निदाएका बेला पसिना आउनु

राति निदाएका बेला अचानक पसिना आउन थाल्छ । कोठमा एसी, कुलर या पंखा चलाइरहँदा पनि पसिनाले पूरै शरीर भिझ्न सक्छ ।

ब्यूझिएपछि थकान

रातिमा निद्रा टुटेपछि ब्यूझिँदा अचानक थकानको महशुस हुन्छ । र उकुसमुकुस हुन थाल्छ । जसकारण निद्रा पनि पूरा हुन पाउँदैन । त्यसको असर अघिल्लो दिन देखिन्छ ।

मुटुको चाल तीव्र हुनु

पीडित व्यक्तिलाई रातिमा मुटुको धडकन तीव्र हुन थाल्छ । किहलेकाँहि त रातिमा काँपिरहेको महशुस पनि हुन सक्छ । राति सुतेका बेला भोक लाग्न सक्छ ।

रातिमा देखिने उच्च रक्तचापका लक्षणहरु

पटक–पटक पिसाब आउनु

शरीरमा ग्लूकोज धेरै बन्दै जाँदा मिर्गौलामा स्ट्रेस बढ्छ । जस कारण राति पटक–पटक पिसाब लाग्न थाल्छ । यो उच्च रक्तचापको महत्त्वपूर्ण संकेत हो ।

अत्यधिक प्यास र मुख सुक्नु

रातिमा अत्यधिक प्यास लाग्नु र मुख सुक्नु पनि उच्च रक्तचाप र डायबिटिजको संकेत हुन्छ ।

टाउको दुख्नु

निद्रामा भयंकर टाउको दुख्नु । यसका कारण निद्रा पर्दैन । यस्तो लक्षण पनि उच्च रक्तचापको संकेत हुनसक्छ ।

दृष्टि धमिलो हुनु

जब शरीरमा ग्लूकोज धेरै बन्न थाल्छ । तब डायबिटिज पनि बढ्छ । यसका कारण आँखामा धमिलोपन हुन थाल्छ ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः