मारवाडी प्रिमियर लिगको उपाधि वीरगञ्ज बासर्सलाई, टाइटन–११ पराजित

वीरगञ्ज — पर्साको वीरगञ्जमा सम्पन्न मारवाडी प्रिमियर लिग (एमपीएल) क्रिकेट प्रतियोगिताको उपाधि वीरगञ्ज बासर्सले जितेको छ।

बुधबार राति आर्दशनगर रंगशालामा सम्पन्न फाइनल खेलमा वीरगञ्ज बासर्सले टाइटन–११ लाई ६ विकेटले पराजित गर्दै उपाधि उचालेको हो।

खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको टाइटन–११ ले १५ ओभरमा ४ विकेटको क्षतिमा ७५ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको वीरगञ्ज बासर्सले ७ ओभर ३ बलमा ४ विकेट गुमाएर ७८ रन बनाउँदै सहज जित हात पार्‍यो।

विजेता वीरगञ्ज बासर्सले उपाधिसहित नगद २ लाख ५१ हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता टाइटन–११ लाई नगद २ लाख रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको थियो।

पुरस्कार वितरण कार्यक्रममा वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंह, पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललगायतका विशिष्ट अतिथिहरूले पुरस्कार हस्तान्तरण गरेका थिए।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः