१३ वर्षीया छात्रामाथि जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

वीरगन्ज — पर्सा १३ वर्षीया स्कुले छात्रालाई जरबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जगरनाथपुर गाउँपालिका–६ संठीका २३ वर्षीय विशाल यादव छन् ।

उनले ८ कक्षामा अध्ययनरत बालिकालाई जेठ ८ गते २ बजेतिर स्कुलबाट घर फर्किने क्रममा प्रलोभन देखाइ पर्सा वीरगन्ज महानगरपालिका–१५ भिष्वास्थित आफ्नो कोठामा लगि पटक–पटक करणी गरेको पीडितपक्षबाट प्रहरीमा जाहेरी परेको छ ।

त्यसै आधारमा यादवलाई मंगलबार नियन्त्रणमा लिई उनीविरुद्ध करणी सम्बन्धी कसूरमा ६ दिन म्याद थप अनुमति लिइ थप अनुसन्धान भइरहेको पर्सा प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः