युवा ब्याटर शुभमन गिल भारतीय क्रिकेटमा टेस्ट टोलीको नयाँ कप्तान नियुक्त भएका छन्।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले इङ्ल्यान्ड भ्रमणका लागि गिलको कप्तानीमा टेस्ट टोली घोषणा गरेको हो। ऋषभ पन्तलाई उपकप्तानको जिम्मेवारी दिइएको छ।
रोहित शर्माले टेस्ट क्रिकेटबाट संन्यास लिएपछि गिललाई नयाँ कप्तान चयन गरिएको हो। हाल इन्डियन प्रिमियर लिग (आइपिएल) मा गिल गुजरात टाइटान्सको कप्तान हुन्। गिलको कप्तानीमा गुजरात प्लेअफसम्म पुगेको छ। तर, उनीसँग प्रथम श्रेणी क्रिकेटमा कप्तानीको धेरै अनुभव छैन।
भारतले इङ्ल्यान्डसँग पाँच टेस्टको शृंखला खेल्दै छ। उक्त शृंखला जुन २० देखि सुरु हुनेछ। भारतीय क्रिकेट टोलीमा शुभमन गिल (कप्तान), यशस्वी जैसवाल, केएल राहुल, साई सुदर्शन, ऋषभ पन्त (उपकप्तान तथा विकेटकिपर), अभिमन्यु ईश्वरन, करुण नायर, नीतिशकुमार रेड्डी, रवीन्द्र जडेजा, ध्रुव जुरेल (विकेटकिपर), वासिङ्टन सुन्दर, शार्दुल ठाकुर, जसप्रीत बुमराह, अर्शदीप सिंह, मोहम्मद सिराज, प्रसिद्ध कृष्ण, आकाश दीप र कुलदीप यादव छन्।




