मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

बर्दिया — मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। गुलरिया नगरपालिका-२ का अन्दाजी २८ वर्षीय देवानन्द यादव र टंकबहादुर बीसीको मोटरसाइकल दुर्घटनामा परी गएराति साढे १२ बजे मृत्यु भएको हो।

यादवले चलाएको भे १३ प २६६९ नम्बरको मोटरसाइकल र बीसीले चलाएको भे ६ प ५४१ नम्बरको मोटरसाइकल मधुवन नगरपालिका-८ लालसिंह चोकस्थित एकआपसमा ठोक्किएका थिए।

दुर्घटनामा परी यादव र बीसीसहित तीन जना घाइते भएका थिए। घाइतेहरूलाई उपचारको लागि प्रहरीले बर्दिया अस्पताल पुर्‍याएको थियो ।उपचारको क्रममा साढे १२ बजे यादव र बीसीको मृत्यु भएको हो।

यादवसँगै बाइकमा सवार रहेका घाइते ३२ वर्षीय अनुपम यादवलाई भने थप उपचारका लागि नेपालगन्ज पठाइएको जिल्ला प्रहरी कार्यालयका डीएसपी चक्रबहादुर डमरपालले जानकारी दिए।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः