जुम्लामा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु

जुम्ला। जुम्लामा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको तिला गाउँपालिका – ४ स्थित भोटचौरमा क १ ह ३१ नम्बरको अटो दुर्घटना हुँदा अटो चालक ४४ वर्षीय रणबहादुर कुँवरको मृत्यु भएको तिला गाउँपालिकामा रहेको कुडारी प्रहरी चौकीका प्रहरी हवल्दार बैजु महत्तोले जानकारी दिनुभयो ।

शुक्रबार तातोपानी गाउँपालिका–१ राँकाबाट तातोपानी–७ सर्मीगाउँतर्फ धान लिएर जाने क्रममा उक्त अटो सडकदेखि ६० मिटर तल खसेको कुडारी प्रहरी चौकीका प्रहरी हवल्दार महत्तोले बताउनुभयो ।

दुर्घटनाबाट गम्भीर घाइते भएका चालक कुँवरको उपचारका क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शनिबार बिहान ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः