मधेस सरकारले मन्त्रिपरिषद् पुनर्गठन गर्दै दुई नयाँ मन्त्री नियुक्त

वीरगंज ९ जेठ –मधेस प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन गर्दै जनमत पार्टीका वसन्तकुमार कुशवाहा र सञ्जय यादवलाई मन्त्रीमा नियुक्त गरिएको छ। दुवै मन्त्रीले बिहीबार साँझ प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्।

कुशवाहालाई उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय, जबकि यादवलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ।

१२ सदस्यीय मन्त्रिपरिषद् गठन

प्रदेश प्रमुखको कार्यालयमा आयोजित शपथग्रहणपछि मुख्यमन्त्री सतिशकुमार सिंह नेतृत्वमा १२ सदस्यीय मन्त्रिपरिषद् पुनर्गठित भएको हो। नेपालको संविधानको धारा १६८ (९) अनुसार गठन गरिएको यो मन्त्रिपरिषद् निम्नानुसार रहेको छ:

  1. मुख्यमन्त्री – सतिशकुमार सिंह

  2. गृह, सञ्चार तथा कानुनमन्त्री – राजकुमार लेखी

  3. भौतिक पूर्वाधारमन्त्री – सरोज यादव

  4. भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री – जनार्दन सिंह क्षेत्री

  5. शिक्षा तथा संस्कृतिमन्त्री – रानी तिवारी

  6. स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री – शत्रुधन सिंह

  7. अर्थमन्त्री – सुनिल यादव

  8. खेलकुद तथा समाज कल्याणमन्त्री – प्रमोद जयसवाल

  9. ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री – शेषनारायण यादव

  10. श्रम तथा यातायातमन्त्री – कौशलकिशोर राय

  11. उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री – वसन्तकुमार कुशवाहा

  12. वन तथा वातावरणमन्त्री – सञ्जयकुमार यादव

अनुभवी नेताहरूको पुनः प्रवेश

वसन्तकुमार कुशवाहाले यसअघि कृषिमन्त्रीका रूपमा सरकारमा काम गरिसकेका थिए। सञ्जय यादव पनि पूर्वराज्यमन्त्री हुन्। दुबैजनाले कार्यानुभवसहित मन्त्री पदमा पुनः प्रवेश गरेका हुन्।

जनमत पार्टीका प्रवक्ता डा. शरद सिंह यादवका अनुसार मन्त्रिपरिषद् पुनर्गठन नियमित राजनीतिक प्रक्रिया अन्तर्गत भएको हो। उनका अनुसार अघिल्लो कार्यकालमा पनि यी मन्त्रालयहरू जनमत पार्टीकै जिम्मेवारीमा थिए। यसपटक पार्टीले मन्त्री सकिलमियाँ अन्सारी (उद्योग, पर्यटन) र त्रिभुवन साह (वन, वातावरण) लाई फिर्ता बोलाई नयाँ नियुक्ति गरेको हो।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः