सुकमेल खाँदा हरेक दिन स्वस्थ जीवनको सुरुवात

सुकमेलका गुणकारी मसला हो । यो चिया, खानामा राख्दा परिकार स्वादिलो मात्र बन्ने नभएर यसमा वास्तवमै औषधीय गुण रहेका हुन्छन् । प्रायजसो मानिसहरु ताजा श्वासका लागि सुकमेल चपाउने गर्छन् । आउनुहोस् आज सुकमेलका अनेकथरी फाइदाबारे पढौँ :

अपच भएका बेला सुकमेल, अदुवा तथा मरिच पिसेर खाए फाइदा हुन्छ । यसले अपच तथा टाउको दुख्ने समस्याबाट पनि राहत दिन्छ ।

सुकमेल खाए सास गन्हाउने समस्या कम हुन्छ । यसले मुखमा भएका कीटाणु नाश गरी सासलाई ताजा बनाउँछ । मुखको इन्फेक्सन वा टन्सिल भएका बेला सुकमेलको धूलो मनतातो पानीमा हालेर कुल्ला गर्नुपर्छ।

सुकमेलको धूलो चियामा हालेर पिउँदा क्षणिक किसिमका तनावबाट जोगाउन मद्दत समेत गर्छ ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः