“बजेट निर्माणमा कर बढाउन नहुने सांसद साहको चेतावनी”

वीरगंज– आम जनता पार्टीका अध्यक्ष प्रभु साहले आगामी बजेट निर्माणका क्रममा जनतामाथि अनावश्यक करको भार नथप्न सरकारलाई आग्रह गरेका छन्।

बुधबार संघीय संसद भवनमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले अघिल्ला वर्षहरूमा सरकारले राज्यद्वारा उपलब्ध सेवा सुविधालाई सहज र जनमैत्री बनाउन चासो नदेखाएको टिप्पणी गरे। उनले जनतामाथि करको चाप बढ्दा मुलुकको उत्पादन, व्यापार तथा व्यवसायसमेत सुस्ताएको तर्क प्रस्तुत गरे।

“पछिल्ला वर्षहरूमा जनताले निरन्तर भनिरहेका छन्—हामीमाथि करको भार बढ्यो। करका कारण दैनिक उपभोग्य वस्तुहरूसमेत महँगो भएका छन्,” अध्यक्ष साहले भने।

साहले मुलुकको आम्दानीको प्रमुख स्रोत वन, जलस्रोतलगायतको सही उपयोग हुन नसकेको भन्दै ती स्रोतको संरक्षणमा गरिएको लगानीअनुरूप राज्यले लाभ लिन नसकेको उल्लेख गरे।

राज्यले सञ्चालन गर्न नसकेको उद्योगधन्दा कसरी निजी व्यक्तिले चलाउन सक्छ भन्ने प्रश्न उठाउँदै उनले देशको अर्थतन्त्र जोगाउन र रोजगारी सिर्जना गर्न विद्यमान कर प्रणालीको पुनरावलोकन अपरिहार्य भएको धारणा व्यक्त गरे।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः