मधुमेहका बिरामीले खरभुजा खाँदा सुगर लेभल बढ्छ?

मधुमेह भएका बिरामीले गुलियो खानु हुँदैन भन्ने कुरा अहिले आम मानिसलाई थाहा छ । किनकी गुलियोले शरीरमा सुगरको लेभल बढाउँछ ।

यस्तो अवस्थामा कयौं फलफूल नखान चिकित्सकले सुझाउँछन् । सुगरको मात्रा धेरै भएका फलफूलबाट पनि सुगरको मात्रा बढ्छ ।

यतिबेला गर्मी सिजन सुरु भइसक्यो । शरीरलाई हाइड्रेट राख्नका लागि खरभुजा सबैले खाने गर्छन् । रसिलो र मिठो भएका कारण पनि गर्मीका बेला धेरैको रोजाइ बन्ने गरेको छ । मधुमेह भएका मानिसले खरभुजा खान हुन्छ या हुँदैन भन्ने कुराको अन्योल धेरैमाझ रहेको देखिन्छ ।

स्वास्थ्यका लागि फाइदाजनक हुनुका साथसाथै यो गुलियो पनि हुन्छ । यदि तपाईं मधुमेहको बिरामी हुनुहुन्छ भने यो जानकारी तपाईंका लागि उपयुक्त हुनसक्छ ।

खरभुजामा सुगर कति हुन्छ ?

युनाइटेड स्टेट्स डिपार्टमेन्ट अफ एग्रीकल्चरको तथ्यांक अनुसार एक कप, वा १५२ ग्राम काटिएको खरभुजामा ९ दशमलव ४२ ग्राम प्राकृतिक सुगर र ११ दशमलव ५ ग्राम कार्बोहाइड्रेड हुन्छ ।

के खरभुजाले सुगर बढाउन सक्छ?

खरभुजा खाँदा मधुमेहका बिरामीको शरीरमा सुगर लेभल बढ्छ कि बढ्दैन भन्ने कुरा कति मात्रामा उक्त फल खाइएको छ भन्नेमा निर्भर रहन्छ । यदि सन्तुलन मिलाएर ब्यालेन्स डाइटका रुपमा खाइएको छ भने खरभुजा खाँदा सुगर लेभलमा कुनै नकारात्मक असर देखिँदैन ।

मधुमेहका बिरामीलाई फाइदा

मधुमेहका बिरामीमा कार्डियो भास्कुलर डिजिजको समस्या धेरै हुन्छ । यस्तो अवस्थामा नियन्त्रित रुपमा खरभूजाको सेवन निकै राम्रो मानिन्छ । खरभूजाको गुदीलाई रातो रंग दिन लाइकोपिन नामक एक शक्तिशाली एन्टीअक्सिडेन्ट पाइन्छ ।

नेश्नल इन्स्टिट्यूट फर हेल्थका अनुसार लाइकोपिन कार्डियो भास्कुलर डिजिजको जोखिम कम गर्न सहयोगी बन्छ । यद्दपि यहाँ दिइएको जानकारी विभिन्न अध्ययनलाई आधार मानेर उल्लेख गरिएको छ । यस्तोमा केही अन्योल भएमा विशेषज्ञसँग परामर्श लिएर खाँदा अझ बढी उत्तम हुन्छ ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः