कफी पिउने सही समय कुन हो, खानासँगै या खानापछि?

के तपाईं खाजासँगै या खाना खाइसक्नेबित्तिकै कफी पिउनुहुन्छ । यदि यस्तो बानी छ भने सचेत हुनुहोस्, कफी पिउने यस्तो बानीले भोजनबाट प्राप्त हुने पोषक तत्वलाई शरीरमा अवशोषित गर्ने प्रक्रियामा बाधा उत्पन्न गराउँछ ।

कफीमा एक हजार केमिकल कम्पाउन्ड पाइन्छन् । क्याफिन, पोलिफेनल्स र टेनिन्सजस्ता केमिकल कम्पाउन्ड मुख्य हुन् । यीनले शरीरमा पोषक तत्वको अवशोषित हुने प्रक्रियालाई प्रभावित पार्छन् ।

यद्दपि धेरै जसो मानिसमा यो असर न्यून हुन्छ । शरीरमा तत्काल प्रभाव देखिनेगरी असर हुने सम्भावना भने कमै हुन्छ । पोषक तत्व (न्यूट्रिशन) यस्ता पदार्थ हुन् जो हाम्रो खाने–पिउने कुराहरुबाट प्राप्त हुन्छन् र शरीरका लागि अत्यावश्यक पनि हुन्छन् । स्वस्थ रहनका लागि हामीलाई अलग–अलग पोषक तत्वको आवश्यकता पर्छ ।

युनिभर्सिटी कलेज लण्डनको न्यूट्रिशन साइन्स एजुकेशनमा डक्टरल रिसर्चर र हेल्थ साइन्स एकेडेमीमा चिफ साइन्स एजुकेटर रहेका एलेक्स रुआनीका अनुसार खानासँगै या खाना खाएको केही समयपछि नै कफी पिउनाले शरीरमा खानाबाट प्राप्त पोषक तत्वको अवशोषण प्रक्रिया पूरै तरिकाले बन्द हुँदैन । तर यसले केही कमी भने ल्याउँछ ।

यो असर कफीको स्ट्रेन्थ, पोषक तत्वको मात्रा, कुनै व्यक्तिको उमेर, मेटाबोलिज्म, स्वास्थ्यस्थिति र जेनेटिक्समा निर्भर हुन्छ । क्याल्सियम, आइरन र भिटामिनजस्ता पोषक तत्वमा यसले असर पुर्‍याउने उनको भनाइ छ ।

लाइनस पोलिङ्ग इन्स्टीट्युटकी डाइरेक्टर तथा ओरेगन स्टेट युनिभर्सिटीको कलेज अफ हेल्थमा प्रोफेसर रहेकी एमिली भन्छिन्, ‘यदि शरीरमा पोषक तत्वको स्तर पर्याप्त छ भने कफीले कुनै असर देखिँदैन । तर यदि शरीरमा यसको स्तर कम छ भने धेरै कफी पिउनाले पोषक तत्वको स्तर अझ कम गराउँदै जान्छ ।’

सन् १९८० मा भएको एक अध्ययन अनुसार कफी पिउनु र शरीरमा आइरनको अवशोषण कम हुनुबीच सम्बन्ध छ । उनी भन्छिन्, ‘खानासँगै कफी पनि पिउनुहुन्छ भने यसमा रहेका पोलिफेलन्स तपाईंको पाचनतन्त्रमा रहेका केही मिनरल्ससँग जोडिन सक्छन् ।’

यो प्रक्रिया शरीरका लागि आइरनको अवशोषणलाई कठिन बनाउन सक्छ । किनकी शरीरमा रहेका मिनरल्स रगतसम्म पुग्नका लागि आन्द्राको कोशिका हुँदै जानुपर्छ । ‘यदि यी मिनरल्स पोलिफेनल्सँग टाँसिए भने रगतसम्म नपुगेर शरीरबाटै बाहिर निस्किन्छन् ।’

बेलायतमा १६ देखि ४९ वर्षसम्मका व्यक्ति आफ्नो खानामार्फत् लोएस्ट रेफरेन्स न्यूट्रिएन्ट इनटेक (एलआरएनआई अर्थात् जति न्यूनतम मात्रामा जरुरी हुन्छ) भन्दा कम क्याल्सियम लिन्छन् । यसले हड्डीलाई कमजोर बनाउने जोखिम बढ्छ । क्याल्सियम हाम्रो हड्डीका लागि आवश्यक हुन्छ ।

यस्तै हाम्रो मिर्गौलाले हाम्रो रगतमा भएको फोहोर र अतिरिक्त पानीलाई पिशाबमार्फत् हटाएर शरीरमा रसायन (जस्तै सोडियम, पोटाशियम र क्याल्सियम)लाई सन्तुलनमा राख्छन् । यी तत्वले शरीरमा हाम्रोन पनि बनाउँछन् ।

अध्ययन अनुसार क्याफिनले शरीरमा क्याल्सियमलाई स्थिर राख्ने प्रक्रियालाई प्रभावित पार्छ, किनकी यसले मिर्गौलामा क्याल्सियम प्रोसेसिङ र आन्द्रामा यसको अवशोषण प्रक्रियामा बाधा उत्पन्न गराउँछ । यद्दपि यसको असर भने न्यून हुन्छ ।

ओस्टियोपोरोसिस इन्टरनेशनल जर्नमा प्रकाशित एक अध्ययनमा क्याफिनले हड्डीलाई कमजोर पार्ने उल्लेख गरिएको छ । किनकी क्याफिनले बोन मेटाबोलिज्मलाई प्रभावित पार्छ । तर क्याफिनको ओस्टियोपोरोसिसको जोखममा कस्तो असर गर्छ भन्ने अझै अध्ययनको आवश्यकता रहेको एलेक्स रुआनी बताउँछन् । एजेन्सीहरुको सहयोगमा

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः