भारतीय नृत्यांगना नोरा फतेही र दुर्गेशले तताए हयात ग्राउण्ड

वीरगञ्ज । भारतीय अभिनेत्री तथा नृत्यांगना नोरा फतेहीले नेपाली कलाकारहरुसँगै बौद्धस्थित पाँचतारे हयात होटलको ग्राउण्डमा प्रस्तुति दिएकी छन्।

नोरासँगै नेपाली कलाकारहरु दुर्गेश थापा, तेरिया फौजा मगर, समर्पण लामा लगायतको प्रस्तुतिले हयात ग्राउण्ड रौनकमय बन्यो।​

नोरा शनिबारमात्रै काठमाडौं उत्रिएकी हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनले नेपालमा आएर प्रस्तुति दिन पाउँदा उत्साहित भएको बताएकी थिइन्।

“म नेपालीलाई भेट्न उत्साहित छु। हामीले आफ्नो तयारी गरिसकेका छौँ, नेपालीलाई प्रत्यक्ष भेटेर मनोरञ्जन दिने उद्देश्यले म नेपाल आइपुगेकी हुँ। यो मेरो पहिलो नेपाल भ्रमण हो”, उनले भनेकी थिइन्।

उनको नृत्य टोलीमा रहेका अन्य २३ सदस्य भने शुक्रबार नै नेपाल आइसकेका थिए।

शिक्षाबाट वञ्चित बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सामाजिक संस्था ‘ह्युमन रेस्पेक्ट नेपाल’को सहयोगार्थ कार्यक्रम आयोजना भएको हो।​ नोरा आइतबार बिहान भारत फर्किने कार्यक्रम छ। इभेन्टको व्यवस्थापन मनु मिडिया प्रालिले गरेको छ।​

नोराका ‘दिलबर दिलबर’, ‘कुसु कुसु’, ‘ओ साकी साकी’, ‘नाच मेरी रानी’, ‘स्नेक डान्स’ लगायतका गीत भारतसँगै नेपालमा पनि लोकप्रिय छन्।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः