गाडी पोलमा ठोक्किँदा १५ जना घाइते

नारायणगढ,  जेठ २ गते । पूर्व पश्चिम राजमार्गको रत्ननगरमा शुक्रवार विहान भएको दुर्घटनामा १५ जना यात्रु घाईते भएका छन् ।

रत्ननगरनगर पालिका  वडा नम्वर १० स्थित   त्रिनेत्र पेट्रोल पम्प अगाडि  भएको सो दुर्घटनामा  परि घाईतेहुनेहरु मध्ये चार जनाको स्कूल अफ मेडिकल साईन्सेन्स मेडिकल कलेजमा उपचार भै रहेको छ भने अन्यको बकुलर अस्पतालमा उपचार भै रहेको छ ।

जिल्ला प्रहरी कार्यलय चितवनका प्रहरी उपरिक्षक गोविन्द पुरीका अनुसार काठमाण्डूवाट   लाहान  तर्फ  जान लागेको  प्र १-०२-००१ ख ९१६२ नम्वरको वस सडक छेउको पोलमा ठक्कर खादा सो दुर्घटना भएको हो ।

दर्घटनामा घाईतेहुनेहरु मध्ये  सिराहा सक्करकोटिया गाउ पालिका वडा नम्वर ५ बस्ने बर्ष ३९ को बैतिक राम, वर्ष २१ को संजय कुमार मण्डल , सिराहा कल्याणपुर नपा ६ बस्ने वर्ष १९ को सल्मन ठाकुर र वर्ष ३५ को धर्मेन्द्र कुमार चौधरीको  मेडिकल कलेजमा उपचार भैरहेको छ ।

यस्तै  बकुलर  अस्पतालमा उपचार भईरहेकामा सिराहा नवलराजपुर  गाउ पालिका  वडा नम्वर ४  बस्ने वर्ष १८ को नगेन्द्र शाह,सिराहा  भगवानपुर गाउ पालिका  ३ बस्ने वर्ष २१ को धरमनाथ  यादव, सप्तरी तिलाहा कोलादा गउ पालिका ६ बस्ने वर्ष ३० को जयप्रसाद शाह, सिराहा करजना  नपा ४ बस्ने वर्ष ४० को दिपेन्द्र कुमार शाह, सप्तरी  कोलदारी गापा ५ बस्ने वर्ष २८ को गजेन्द्र कुमार शाह, राजविराज नपा १ बस्ने वर्ष २८ को दिनेश कुमार शाह, भारत  मधुबन्दी बस्ने वर्ष ४० को रामकृष्ण राउत,  सिराहा नवराजपुर गापा ३ बस्ने वर्ष १९ को चन्दन कुमार यादव, नगरकोटिया गापा पाँच बस्ने वर्ष २४ को जीवनकुमार पासवान, वसका  सह चालक  काठमाण्डौँ महानगरपालिका १०  बस्ने वर्ष  २७ को हरि गौतम र   सप्तरी राजविराज नपा १ बस्ने वर्ष २८ को दिनेश शाह रहेका छन ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः