के तपाईं बचत गर्नुहुन्छ ?

आफ्नो कमाइबाट खर्च कटाएर बचेको रकम नै बचत हो । भविष्यको आवश्यकता, वित्तीय लक्ष्य तथा विभिन्न अनिश्चित प्रकृतिका खर्चलाई ध्यानमा राखेर बचत गर्न जरुरी छ । बचतले वित्तीय लक्ष्य पूरा गर्न, भविष्यमा योजना अनुसार खर्च गर्न, आकस्मिक रुपमा आइपर्ने खर्चको सामना गर्न सक्षम बनाउँछ ।

बचतले मानिसलाई आर्थिक रुपमा पनि सुरक्षित महसुस गराउँछ । बचतले सीमित स्रोतबाट अत्यधिक लाभ लिन र वित्तीय आवश्यकता सहज तरिकाले पूर्ति गर्न सकिन्छ ।

बचतका उपायधेरै आम्दानी भएकाले मात्र बचत गर्ने हो वा बचत गर्न सक्छन् भन्ने गलत धारणा अधिकांशमा पाइन्छ । बचतका लागि आम्दानी त चाहिन्छ नै त्यो भन्दा महत्वपूर्ण पक्ष दृढ इच्छा र स्वअनुशासन निकै महत्वपूर्ण हुन्छ ।

  • मानिसका चाहना असीमित हुने हुँदा आवश्यकतालाई विचार गरी अत्यावश्यक वस्तु वा सेवामा मात्र खर्च गर्ने बानी बसाल्ने
  • कमाइको केही हिस्सा नियमित बचत गरी बाँकी रकमबाट आफ्नो आवश्यकता पूरा गर्ने योजना बनाउने
  • इच्छा गरेको वस्तु वा सेवा महँगो भएमा त्यस्तोमा अहिले खर्च नगरी खर्च कटौती गर्ने
  • इच्छा गरेको वस्तु महँगो भएमा एकपटक प्रयोगमा आइसकेको वस्तु किनी खर्च कम गर्न सकिने
  • दैनिक गुजाराका उपभोग्य वस्तु तथा सेवा सुपथ मूल्यमा पाइने स्थानबाट खरिद गर्ने
  • बाहिरका महँगा खानाभन्दा घरमै बनाएर खाने
  • बालबालिकामा सानै उमेरदेखि बचत गर्ने र खुत्रुके प्रयोग गर्ने बानी बसाउने
  • लत्ताकपडा र गर गहनामा आवश्यकताअनुसार मात्र खर्च गर्ने

बचतका फाइदा

  • बचतले जीविकोपार्जन, बालबच्चाको शिक्षा, मनोरञ्जन, विवाह व्रतबन्ध, मृत्यु संस्कार जस्ता सामाजिक कार्यमा सहयोग पुग्छ
  • स्वास्थ्य उपचार, वृद्धावस्थामा हुने वित्तीय खर्च मात्र नभई लगानी गर्न, व्यवसाय विस्तार गर्न, आफ्ना सपना पूरा गर्न, सेवा वा सुविधामा खर्च गर्न सकिन्छ
  • भविष्यमा आइपर्ने आकस्मिक खर्च टार्नसमेत यसले सजिलो बनाउँछ
  • आम्दानीको सही व्यवस्थापन गरी नियमित रुपमा बचत गरियो भने आर्थिक अवस्थामा सुधार ल्याउन सकिन्छ
  • जीविकोपार्जन सहज र सुविधायुक्त हुनुका साथै कुनै समयमा रोजगारी गुमेको अवस्थामा पनि आर्थिक समस्या हुँदैन
  • स्वास्थ्यमा कुनै ठूलो समस्या आयो, कुनै दुर्घटना भयो, आम्दानीको स्रोत निरन्तर हुन सकेन, अनिकाल पर्‍यो वा प्राकृतिक विपत्ति आइपर्‍यो भने पनि पहिले गरेको बचतको उपयोग गर्न सकिन्छ ।
- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः