झापामा १५ महिनाकी शिशु मृत फेला

विराटनगर — झापाको शिवसताक्षी नगरपालिका–८ मनहरामा १५ महिनाकी एक शिशु मृत फेला परेकी छन् । स्थानीय लुखिराम टुडुकी १५ महिनाकी छोरी रोशिकाको धान खेतको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

छिमेकी खगेन्द्र खड्काको धान खेतमा जमेको पानीमा उनलाई डुबेको अवस्थामा शव पाइएको थियो । छोरी पानीमा डुबेको देखेपछि आमा कल्पना टुडुले तत्कालै उद्धार गरेपनि उनको पहिल्यै मृत्यु भइसकेको थियो ।

उनी खेतसम्म कसरी पुगिन् र दहमा डुबिन् भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः