धनुषा, १४ बैशाख —
धनुषा जिल्लाको धनुषाधाम नगरपालिका–६, मालटोलचौकमा दुई ट्रक आपसमा ठोकिँदा दुर्घटना भएको छ। आइतबार बिहान करिब ५ बजे पूर्व–पश्चिम राजमार्ग अन्तर्गत प्र.०२.०३.००१ ख ०७१५ नम्बरको ट्रक र ना ६ ख ३४६३ नम्बरको ट्रक एकआपसमा ठोक्किएका हुन्।

दुर्घटनापछि ना ६ ख ३४६३ नम्बरको ट्रकमा आगलागी भई पूर्ण रूपमा जलेर नष्ट भएको छ।
दुबै ट्रकका चालक तथा सहचालक घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि स्थानीय अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।
घटनाको विस्तृत विवरण र दुर्घटनाको कारण खुलाउन थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, धनुषाधामले जानकारी दिएको छ।





