वीरगञ्ज महानगरपालिका–२१ अन्तर्गत परवानीपुरमा आज दिउँसो भएको सवारी दुर्घटनामा एकजनाको ज्यान गएको छ। ट्रक र मोटरसाइकल ठोक्किँदा परवानीपुरका स्थानीय ३५ वर्षीय प्रदीप गुप्ताको घटनास्थलमै मृत्यु भएको हो।
प्रहरीका अनुसार ना ६ ख ७६०९ नम्बरको ट्रकले मधेस प्रदेशको प्रदेश २–०३–०२१ प ६३०७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। गम्भीर घाइते भएका मोटरसाइकल चालक गुप्तालाई तत्काल नारायणी अस्पताल लगिएको भए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
दुर्घटनामा संलग्न ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएर परवानीपुर प्रहरी चौकीमा राखिएको छ। घटनाको थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ। मृतकको शव पोस्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ।




