
अयोध्या अनि रामचन्द्र भगवानको कुरा यसरी गरिँदै छ जस्तै कि यो घटना अस्ति पृथ्वी नारायण शाहको पालामा भए जस्तो !! यो त्रेता युगको कुरा हो!! अनुसन्धान नै पनि के के गर्ने हो र!! सवै त अनुमान मात्र हो , अनुमानको आधार वाल्मीकि रामायण मात्र हो, जसलाई वास्तविक हो कि काल्पनिक हो भन्न सकिने अवस्था छैन।।।।
राम र रावण दुई बिम्ब हुन, सत्य र असत्यको / शान्ति र उन्मादको ।।।।। यी दुवै पक्ष हामी भित्रै हुन्छ !!
अहिले अयोध्याको कुरा लाई लिएर उफ्रने सवै हनुमान जस्ता भक्त हरुले यो पनि बुझ्न जरुरी छ कि तपाईंको शासकमा अहिले राम होइन रावण प्रवृति व्यापक रूपमा बढेको छ, ताली पिटेर बस्ने अनि वा वा वा गर्ने भन्दा बरु तपाईंको राजनेता हरुलाई जानकारी गराइदिनु
– देशको वास्तविक चित्र , देशको अर्थतन्त्र नेगेटिभ मा चलिरहेको छ,
– जुन देशमा हाम्रो ९०% माथि छ परनिर्भरता त्यो घट्नुको सट्टा बढ्दै गएको छ, हाम्रो उत्पादनको ,enterpreneurship को प्रोमोट चाहिँ नगर्ने खाली सेन्टिमेन्ट भजाएर बस्ने !! देशलाई आत्मनिर्भर बनाउन कुनै कदम नचल्ने अनि राष्ट्रवादी मात्र देखाएर आफ्नो राजनीतिक यात्रा उकालो लगाउन मात्र खोज्ने, परनिर्भरता उसै प्रति अनि कुटनीति लाई तिलाञ्जली दिँदै उसलाई आफ्नो सत्रु देखाउन मात्र खोज्ने !!!!
– तपाईंको राजनेताले बुद्धको जन्म नेपालमै भएको हो भन्ने कुरा चाहिँ किन प्रोमोट नगर्न सकेको !! सत्रुले काल्पनिक लुम्बिनी बनाउँदैछ भनेर बसेर हुन्छ र!!! तपाईंले आफ्नो मुद्रा , पासपोर्ट मार्फत प्रोमोट गर्नु, ठूला ठूला बौद्ध सम्मेलन त हरेक वर्ष भइरहेको छन त्यसलाई थप प्रोमोट गर्नुस्!! होइन , तपाईंको राजनेता ३ रात सोल्टीमा आफै बसेर holy wine सम्मेलन लाई सफल बनाउन सक्ने तर इतिहासले सहस्र स्वीकार गरेको बौद्ध धर्म चाहिँ प्रोमोट गर्न नसक्ने!!!! अनि त्यही anti sentiment भजाएर बस्ने सधैं!!!!
– आफ्नो जग बलियो बनाउनु पर्छ पहिला, आफ्नो उर्वर भूमिलाई उत्पादनशील बनाउन लाग्नु पर्छ, देश लाई south Korea बनाउन लागि पर्ने की सीरिया बनाउने त्यो आजको प्रमुख विषय हो!!!!
आजको दिनमा हामी एउटा असल नेता खोज्दैछौ जसले देशको छिमेकीको रूपमा पाएको दुई शक्तिशली राष्ट्रबीच एउटा सन्तुलित कुटनैतिक सम्बन्ध राख्न सकोस्। रेमिट्यान्स मा बाचेको देशलाई आत्मनिर्भर बनाउन enterpreneurship लाई बढावा देओस्। अमेरिका अनि ब्रिटेनको उपस्थितिलाई पनि आफ्नो हित मा हुने गरी आत्मनिर्भरता मा बदल्न सकोस्।।।
कुहिनाले हानेर हात्ती ढल्छ भन्ने मानसिकता त्यागौं।। शत्रुलाई परास्त गर्ने एउटा मात्र उपाय आजको युगमा चाहिँ आफू उत्पादनशील हुनु हो, ( चीन लाई हेरे पुग्छ) । हामी सधैं नेताज्यू काे विषयान्तर गर्ने कलालाई जय हो भन्दै र गर्दै नचाहिँदा मुद्दामा अल्झिने काम बन्द गरौं।।।
सबैको जय होस्!! जय देश । जय नेपाल। जय राष्ट्र।।।।

लेखक- रनिश भट्टराई
सह-प्रधानाध्यापक