स्कुटरले थिचिरहेको अवस्थामा भेटियो पुरुषको शव

विराटनगर : मोरङको उर्लाबारीमा स्कुटरले थिचिरहेको अवस्थामा एउटा शव फेला परेको छ । स्कुटरले माथिबाट थिचेर मृत्यु भएको अवस्थामा उर्लाबारी नगरपालिका–८ का ५० वर्षीय नरकुमार लिम्बूको शव शनिबार बिहान ६:३५ बजेतिर भेटिएको हो।

उर्लाबारी–८ जरुवापानीस्थित भित्रि सडक खण्डमा प्र १–०२–०४० प ७८८१ नम्बरको स्कुटरले थिचेर मृत्यु भएको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई घटनाको जानकारी दिएका हुन् । सडकको कल्भर्टदेखि अन्दाजी ६ फुट तल खसेको अवस्थामा स्कुटरले थिचिरहेको शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा परेर स्कुटरसहित कल्भर्टबाट खसेका कारण उठ्न नसक्दा लिम्बूको मृत्यु भएको हुनसक्छ ।

दुर्घटनामा परेर मृत्यु भएको आशंका गरिएपनि अनुसन्धानपछि मात्रै मृत्युको कारण पत्ता लाग्ने प्रहरीले जनाएको छ । लिम्बू कतिबेला कल्भर्टबाट झरेका हुन् भनेर पनि यकिन भइसकेको छैन ।

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्स्पेक्टर रन्जनकुमार बराल नेतृत्वको टोली घटनास्थल पुगेको थियो । प्रहरीले कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर पठाएको छ । प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः