शौचालयमै सांसद घेराबन्दी! ‘नो केबलकार समूह’को विरोधपछि प्रहरीको असाधारण सुरक्षा

spot_img

इलाम, वैशाख ६ –
गृहजिल्ला इलाममा आयोजित एक कार्यक्रममा सहभागी हुन पुगेका नेकपा (एमाले) का सांसद योगेश भट्टराईलाई ‘नो केबलकार समूह’ले आज बिहान असाधारण तरिकाले घेराबन्दी गरेका छन्।

स्थानीय बासिन्दा र पर्यावरण अभियन्ताहरूको साझा प्रयासमा बनेको ‘नो केबलकार समूह’ले प्रस्तावित केबलकार परियोजनाको विरोध गर्दै कार्यक्रमस्थलमा नाराबाजी मात्र होइन, सांसद भट्टराई शौचालय गएका बेलामा त्यहीँ घेराबन्दी गरेका थिए।

स्थिति नियन्त्रणबाहिर जान नदिन प्रहरी बलले तत्कालै शौचालयको ढोकामा चुकुल लगाएर सांसद भट्टराईलाई भित्रै सुरक्षा दिएको हो। केही समयपछि अवस्था सामान्य बनेपछि मात्र सांसद बाहिर निस्कन सकेका थिए।

‘नो केबलकार समूह’ले केबलकार परियोजना स्थानीय जनजीवन, वातावरण र धार्मिकस्थलहरूमा असर पार्ने भन्दै लामो समयदेखि विरोध गर्दै आएको छ। समूहका एक सदस्यले भने, “हामीले शान्तिपूर्ण रूपमा विरोध गरिरहेका छौँ। तर, जनताको आवाज सुन्ने साटो सांसद भट्टराईले हाम्रो माग बेवास्ता गरेपछि यस्तो कदम चाल्नुपर्‍यो।”

प्रहरी प्रशासनले भने स्थिति नियन्त्रणमा रहेको र कुनै अप्रिय घटना नभएको जनाएको छ।

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः