रोयल इन्फिल्ड क्लासिक ३५० का पाँच भेरियन्ट नेपाली बजारमा सार्वजनिक, मूल्य ५ लाख ५५ हजारबाट सुरु

वीरगञ्ज वैशाख ४, २०८२ — मध्यम क्षमताका मोटरसाइकल उत्पादनमा विश्वप्रसिद्ध ब्रान्ड रोयल इन्फिल्ड ले नेपालमा नयाँ क्लासिक ३५० को पाँचवटा भेरियन्ट सार्वजनिक गरेको छ। गौरवशाली विरासत बोकेको यो बाइक अब सात आकर्षक रंगमा नेपाली बजारमा उपलब्ध हुनेछ।

नेपालमै रहेको रोयल इन्फिल्डको सिकेडी प्लान्ट (Semi-Knocked Down Plant) मा उत्पादन गरिएको नयाँ क्लासिक ३५० को बुकिङ, टेस्ट राइड तथा विक्री आज (वैशाख ४) बाट सुरु गरिएको हो।

आधुनिकता र परम्पराको संयोजन

नयाँ क्लासिक ३५० मा आधुनिक प्रविधिहरू जस्तै डुअल च्यानल ABS, एलईडी हेडलाइट, टाइप-C USB चार्जर, गियर इन्डिकेटर लगायतका सुविधा उपलब्ध छन्। यो सबै सुविधा प्रारम्भिक भेरियन्टमा समेत उपलब्ध गराइएको छ।

पाँच भेरियन्ट र मूल्य

बाइक पाँच भेरियन्ट मा उपलब्ध छ:

  • हेरिटेज (मदरास रेड, जोधपुर ब्लू) – रू. ५,५५०००

  • हेरिटेज प्रिमियम (मेडालियन ब्रोन्ज) – रू. ५,६६०००

  • सिग्नल्स (कमाण्डो स्यान्ड) – रू. ५,६६०००

  • डार्क (गन ग्रे, स्टेल्थ ब्ल्याक) – रू. ५,७३०००

  • क्रोम (इमराल्ड) – रू. ५,७९०००

यी भेरियन्टहरूमा कम्पनीले विन्टेज लुकसँगै अत्याधुनिक डिजाइन र इनजिनियरिङ समावेश गरेको बताइएको छ।

नेपाली बजारमा व्यापक प्रतिक्रिया

कम्पनीका प्रमुख वाणिज्य अधिकृत यदविन्दर सिंह गुलेरियाले क्लासिक ३५० को सार्वजनिक कार्यक्रममा भने, “नेपाली बजारप्रतिको विश्वास, मायाले हामीलाई प्रेरित गरिरहेको छ। मोटरसाइकल प्रेमीका लागि यो नयाँ भेरियन्टले ऐतिहासिकता र आधुनिकताको नयाँ अध्याय सुरु गर्नेछ।”

सिकेडी प्लान्ट र नेपालप्रतिको प्रतिवद्धता

बीरगंजस्थित सिकेडी प्लान्ट मा वार्षिक २० हजार युनिट बाइक असेंबल हुने बताइएको छ। यो प्लान्टले नेपालमा उत्पादन हुने मोटरसाइकललाई नजिकैको बजारसम्म सहज रूपमा पु¥याउने लक्ष्य राखेको छ।

विरासतको निरन्तरता

१९५० देखि चलिरहेको क्लासिक सिरिजले आजको दिनसम्म पनि रोयल इन्फिल्डको सांस्कृतिक, शिल्प, र समृद्ध इतिहासलाई जीवित राखेको छ। नयाँ क्लासिक ३५० ले यो विरासतलाई अझ सशक्त बनाउने विश्वास कम्पनीले लिएको छ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः