वीरगञ्जमा पत्रकारमाथि प्रहरीले लाठीचार्ज, प्रेस स्वतन्त्रतामाथि खुला प्रहार

वीरगञ्ज । हनुमान जन्मोत्सवको झाँकीमाथि भएको ढुंगामुढापछि चुलिएको तनावका बीच समाचार संकलनका लागि पुगेका पत्रकारहरूमाथि प्रहरीले निर्घात लाठी प्रहार गरेको छ।

प्रहरीको दमनमा परी चन्द्रसूर्य वाणी दैनिकका सम्पादक धिरेन्द्र तिवारी, एभिन्यूज टेलिभिजनका पत्रकार अर्जुन गुप्ता लगायत केही पत्रकार र सर्वसाधारण घाइते भएका छन्। घाइते पत्रकारहरूको अहिले वीरगञ्जस्थित विभिन्न अस्पतालमा उपचार भईरहेको छ।

प्रेस स्वतन्त्रता र अभिव्यक्तिको अधिकारमाथि खुला प्रहार भएको भन्दै नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालले घटनाको निष्पक्ष छानबिन गरी दोषी प्रहरीमाथि कडा कारबाहीको माग गरेका छन्।

वीरगञ्जमा ढुंगामुढा प्रकरणपछि उत्पन्न तनाव कम हुन नपाउँदै पत्रकारहरूमाथि भएको प्रहरी दमनले शान्ति सुरक्षा कायम गर्ने निकायको चरित्रमाथि गम्भीर प्रश्न उठाएको छ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः