कैलालीमा सर्पले टोकेर बालकको मृत्यु, नहरमा डुबेर बालिका बेपत्ता

२ वैशाख,  धनगढी । कैलालीमा सर्पले टोकेर घाइते भएका एक बालकको मृत्यु भएको छ भने एक बालिका नहरमा डुबेर बेपत्ता भएकी छन् ।

नयाँ वर्षको पहिलो दिन सोमबार टिकापुर नगरपालिका–१ एकतानगरका निरज बिकका पाँच वर्षीय छोरा लोकेशको सर्पको टोकाइबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराले घरको आगनमा खेलिरहेको अवस्थामा सर्पले बायाँ खुट्टामा टोकेर गम्भीर घाइते भएका लोकेशको उपचारका क्रममा टीकापुर अस्पतालमा मृत्यु भएको बताए । उनको शव परीक्षणका लागि टीकापुर अस्पतालमै राखिएको छ ।

यस्तै, लम्कीचुहामा नहरमा डुबेर एक बालिका बेपत्ता भएकी छन् । लम्कीचुहा नगरपालिका–३ बल्चौरमा रानीजमरा कुलरिया सिँचाइको नहरमा डुबेर सोही ठाउँ बस्ने ९ वर्षीया खुसी वादी बेपत्ता भएको प्रहरीले जनाएको छ । उनको खोजी भइरहेको छ ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः