नेपाल बार एसोसिएसनको चुनावको मतगणना आजदेखि

काठमाडौं- शनिबार भएको नेपाल बार एसोसिएसनको चुनावको मतगणना सोमबारदेखि सुरु हुने भएको छ।

देशभरका ३५ मतदान केन्द्रमा भएको मतपेटिकाहरू काठमाडौँ आइपुगेसँगै सोमबार दिउँसोबाट मतगणना थालिने निर्वाचन समितिले जनाएको छ। नेपाल बारको २७ औ महाधिवेशनमा अध्यक्षका लागि प्राध्यापक विजय मिश्र र वरिष्ठ अधिवक्ता रमन कुमार श्रेष्ठ प्रतिस्पर्धामा छन्।

 

यसपटक बारको चुनावमा प्रतिस्पर्धी मानिएका कांग्रेस निकट वकिलहरूको संगठन डिएलएले र एमाले निकट वकिलहरूको संगठन पीपीएले गठबन्धन गरेर चुनावमा गएका हुन्। उनीहरुले साझा उम्मेदवारका रुपमा अध्यक्षमा मिश्र र महासचिवमा केदार कोइरालालाई अघि सारेका छन्।

त्यस्तै माओवादी केन्द्र निकट कानुन व्यवसायी र एकीकृत समाजवादी रासोपा सहितका दल निकटका वकिलहरूको उम्मेदवारका रुपमा श्रेष्ठ मैदानमा छन्।

शनिबारको निर्वाचनमा देशभरका ९ हजार ९९७ मतदाताहरुमध्ये ७ हजार ९९५ मत खसेको थियो ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः