सुजित यादवद्वारा राष्ट्रिय कुस्ती प्रतियोगितामा प्रथम स्थान हासिल

बिरगंज, चैत २३ – नेपाल कुस्ती संघको आयोजनामा आज सम्पन्न तेस्रो रामवृक्ष यादव राष्ट्रिय कुस्ती प्रतियोगितामा मधेस प्रदेशका तर्फबाट प्रतिनिधित्व गरेका बिरगंजका सुजित यादवले ७० केजी तौल समूहमा प्रथम स्थान हासिल गर्न सफल भएका छन्।

देशभरका प्रतिस्पर्धीहरूबीच कडा प्रतिस्पर्धा भएको प्रतियोगितामा सुजितले आफ्नो उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक जितेका हुन्। प्रतियोगिता नेपाली कुस्तीको प्रवर्द्धन तथा प्रतिभावान खेलाडीहरू पहिचान गर्ने उद्देश्यले आयोजना गरिएको थियो।

सुजितको यो जितले मधेस प्रदेश तथा विशेषगरी बिरगंजको गौरव बढाएको छ। खेलप्रेमीहरू तथा समर्थकहरूले उनलाई बधाई दिएका छन् र आगामी दिनमा अझ उत्कृष्ट प्रदर्शनको अपेक्षा व्यक्त गरेका छन्।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः