काट्ने तयारी अवस्थामा रहेको गहुँ खेतमा आगलागी

कपिलवस्तुको यशोधरा गाउँपालिका-४ पोखरभिटवास्थित काट्ने तयारी अवस्थामा रहेको गहुँ खेतमा आगलागी भएको छ।

स्थानीय हजरत अलीको खेतबाट सुरु भएको आगोले २५ कृषकको गहुँबाली नोक्सानी भएको हो। कपिलवस्तु नगरपालिकाबाट गएको दमकल, सुरक्षाकर्मी  र स्थानीयवासीको सहयोगले आगलागी नियन्त्रणमा आएको बीओपी डंगरीका सशस्त्र प्रहरी निरीक्षक नवराज देवकोटाले बताए।

आगलागीबाट १८ घर धुरीको गहुँ खेतमा करिब ९ लाख ४२ हजार ५ सय रुपैयाँको गहुँबाली जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। आगलागीको कारण भने यकिन हुन सकेको छैन।

यसैगरी आज कृष्णनगर नगरपालिका-७ अजिगराका अभिषेक चौधरीको गहुँ खेतमा भएको आगलागीबाट ८ जनाको खेतको गहुँबाली जलेर नष्ट भएको छ। सो आगजनीबाट ८ जनाको खेतको करिब १ लाख ७१ हजार रुपैयाँको गहुँ जलेर नष्ट भएको छ। केही दिनयता कपिलवस्तुमा दिनहुँ जसो गहुँ खेतमा आगलागी भई लाखौं रुपैयाँ बराबरको क्षति भएको छ।

 

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः