एनएसएल २०२५ : झापा एफसी र काठमाडौं रेजर्स पहिलो जितको लक्ष्यमा

२१ चैत, काठमाडौं । झापा एफसी र काठमाडौं रेजर्सले नेपाल सुपर लिग (एनएसएल) २०२५ मा आफ्नो पहिलो खेलमा बराबरी खेलेका थिए ।

तेस्रो सिजनको उद्घाटन खेलमै काठमाडौंले दुई गोलले पछि परेको स्थितीमा पुनरागमन गर्दै साविक विजेता ललितपुर सिटीसँग २-२ को बराबरी खेलेको थियो ।

अर्कोतर्फ झापाले भने एक खेलाडी कम भएको बुटवल लुबिनीसँग गोलरहित बराबरी खेलेर अंक बाँडेको थियो । झापाले पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गरेपनि दोस्रो हाफमा त्यो प्रदर्शन कायम राख्न नसक्दा गोलरहित बराबरीमा रोकियो ।

त्यही काठमाडौं र झापाबीच एनएसएलमा बिहीबार प्रतिस्पर्धा हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ६ बजे सुरु हुनेछ ।

झापा लकेन लिम्बुको कप्तानीमा मैदान उत्रँदैछ भने काठमाडौंको कप्तानी कुलदिप कार्कीले गर्नेछन् ।

यस पटक लिगच चरणमा ६ खेल मात्र हुनेछ र पहिलो खेलमै बराबरीमा रोकिएपछि दुवै टोली आफ्नो पहिलो जित निकाल्ने लक्ष्यमा छ ।

यी दुई टोलीबीच अहिलेसम्म एनएसएलमा जम्मा एक खेल भएको छ । दोस्रो संस्करणमा झापा र काठमाडौले गोलरहित बराबरी खेलेका थिए ।

 

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः