समाजवादी मोर्चाको बैठक पेरिसडाँडामा जारी

spot_img

समाजवादी मोर्चाको बैठक जारी रहेको छ।  नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक सुरू भएको हो।

बैठकमा नेकपा मा‌ओवादी केन्द्रका पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, नेकपाका महासचिव नेत्रविक्रम चन्द,नेसपा महेन्द्रराय यादवलगायत शीर्ष नेताहरूको उपस्थिति छ। बैठकले आगामी रणनीति तयसमेत गर्ने बताइएको छ।

बैठकमा राजावादी शक्तिहरूले व्यवस्था विरोधी गतिविधि गर्न थालेपछि त्यसको प्रतिवादका लागि मोर्चामा आवद्ध दलहरूले चैत्र १५ गते गरेको प्रदर्शनको समेत समीक्षा हुनेछ।

यसैगरी सरकारले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गरेको भन्दै विपक्षी दलहरूले सदन र सडकमा विरोध जनाएका छन्। विपक्षी दलहरूले अवरोध गर्दा हालसम्म प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवै सदनका बैठक स्थगित भएका छन्। मोर्चाको बैठक यिनै विषयवस्तुमा केन्द्रित हुने जनाइएको छ।

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः