डिककको अविजित ९७ रनमा कोलकाताको पहिलो जित

१४ चैत  । क्‍विन्टन डिककले अविजित ९७ रन बनाएपछि कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा  पहिलो जित निकालेको छ ।

बुधबार भएको खेलमा कोलकाताले राजस्थान रोयल्सलाई ८ विकेटले हराएको हो । राजस्थानले दिएको १५२ रनको लक्ष्य कोलकाताले १७.३ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । ओपनर क्‍विन्टन डिककले अविजित रहँदै ९७ रन बनाए । उनले ६१ बलमा ८ चौका र ६ छक्का प्रहार गरे ।

अङक्रिश रघुवंशी २२ रनमा अविजित रहँदा कप्तान अजिन्क्या रहानेले १८ रन बनाए । राजस्थानका लागि वानिन्दु हसरंगाले १ विकेट लिए ।

त्यसअघि गुवाहाटीमा टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १५१ रन बनाएको थियो । ध्रुव जुरेलले सर्वाधिक ३३ रन बनाए । यशश्वी जैसवालले २९ तथा कप्तान रियान परागले २५ रन बनाए ।

कोलकाताका लागि हर्शित राना, मोइन अली, वैभव अरोरा र वरुण चक्रवर्तीले २-२ तथा स्पेन्सर जोनसनले १ विकेट हात पारे ।

योसँगै २ खेलमा २ अंक जोडेको कोलकाता अंकतालिकामा छैटौं स्थानमा रहेको छ । राजस्थानको भने यो लगातार दोस्रो हार हो ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः