जनतान्त्रिक तराई मुक्ति मोर्चाले ‘फ्री ल्यान्ड लिबरेशन फ्रन्ट’ गठनको घोषणा

काठमाडौँ, चैत ९ – जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) को केन्द्रीय समितिले एक विज्ञप्ति जारी गर्दै ‘फ्री ल्यान्ड लिबरेशन फ्रन्ट’ गठनको घोषणा गरेको छ।

विज्ञप्तिमा भनिएको छ कि सन् १९५० को भारत-नेपाल तथा ब्रिटेन-नेपालबीच भएका सन्धि-सम्झौताका आधारमा उनीहरू आफ्नो मातृभूमि स्वतन्त्र भएको दाबी गर्छन्। मोर्चाले आफ्नो लक्ष्य ‘फ्री ल्यान्ड’ को मुक्ति सुनिश्चित गर्ने रहेको उल्लेख गरेको छ।

मोर्चाले नेपाल र भारत राज्यसत्ता विरुद्ध लड्ने प्रतिबद्धता जनाएको छ भने ‘फ्री ल्यान्ड लिबरेशन फ्रन्ट’ गठन गरी अन्तर्राष्ट्रिय जगतमा आफ्ना मागहरु पुर्‍याउने योजना बनाएको छ।

केन्द्रीय समिति सदस्य जयकृष्ण गुप्ताले हस्ताक्षर गरेको विज्ञप्तिमा आगामी रणनीतिहरू सार्वजनिक गर्ने जानकारी समेत दिइएको छ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः