बाराको गौरीशंकर क्याम्पसमा एमाले अखिलका हुमागाइ विजयी

निजगढ : बाराको निजगढमा रहेको गौरीशंकर क्याम्पसमा खिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले जीत हासिल गरेको छ । बारामा स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचन पहिलो पटक भएको हो ।

अनेरास्ववियुको यो  जितसँगै बाराको इतिहासमा पहिलो पटक भएको स्ववियू निर्वाचनको नतिजा आफ्नो पोल्टामा पारेको हो ।जिल्लामा रहेका ७ वटा क्याम्पस मध्ये गौरीशंकरमा मात्रै स्ववियू निर्वाचन भएको हो । निर्वाचनमा अनेरास्ववियुका बालकृष्ण हुमागाई विजयी भएका छन् ।

कांग्रेस निकट नेविसंघबाट दावा लामा बोञ्जनलाई तीन मतले पछि पार्दै हुमागाइले जित हात पारेका हुन् । हुमागाईले एक सय ३५ मत ल्याउँदा बोञ्जनले एक सय ३२ मत पाए । तेस्रो स्थानमा रहेको माओवादी केन्द्र निकट अनेरास्ववियु ९क्रान्तिकारी०का  उज्जल प्रसाईले ५९ मत ल्याएका छन् ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः