काभ्रे क्याम्पसमा नेविसंघको प्यानल विजयी

काभ्रे : जिल्लाको जेठो क्याम्पस काभ्रे बहुमुखी क्याम्पस स्ववियु निर्वाचनमा नेविसंघका रोहिन पराजुलीसहित सिङ्गो प्यानल नै विजयी भएको छ।

काभ्रे बहुमुखी क्याम्पस बनेपामा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाल विद्यार्थी संघ नेतृत्वको प्यानल नै विजयी भएको हो।

नेविसंघ र माधव नेपाल पार्टी निकट अनेरास्ववियुले संयुक्त प्यनल बनाएर निर्वाचनमा होमिएको थियो ।

नेकपा एमाले निकट अनेरास्वियु र नेकपा (माओवादी केन्द्र) अखिल क्रान्तिकारीको गठबन्धनबाट सभापतिका उम्मेदवार बनेका अनेरास्वियुका मिलन गौतमलाई १ सय ५३ को भारी मतले हराउँदै सभापतिमा नेपाल विद्यार्थी संघका उम्मेदवार रोहिन पराजुली निर्वाचित भएका हुन् । पराजुलीले २ सय ७२ मत र गौतमले १ सय १९ मत ल्याएका थिए । कुल ५ सय ४१ मत मध्ये ३ सय ९६ मत खसेको थियो ।

सचिवमा नेविसंघबाट तीर्थकुमारी भुर्तेल, कोषाध्यक्षमा मनिष श्रेष्ठ र सदस्यहरूमा सुधा श्रेष्ठ, सजिना लामा, मनिष कुँवर र नेकपा (एकिकृत समाजवादी) निकट अनेरास्ववियुका सन्ध्या गिरी र सुनिता गुँइत निर्वाचित भएका छन् ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः