लहानको जेएस क्याम्पसमा नेविसंघ प्यानल विजयी

सिरहा : जेएस मुरारका बहुमुखी क्याम्पस लहानको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा कांग्रेस निकट नेपाल विद्यार्थी संघ(नेविसंघ)को प्यानल नै विजयी भएको छ।

सभापतिमा रोहित कुमार राउत ५७५, सचिवमा सुजित कुमार यादव ५६०, कोषाध्यक्षमा अमलेश सिंह ५६८ र सदस्यहरु शर्मिला कुमारी चौधरी ५६०, अभिनव महासेठ ५४८, उज्ज्वल कुमार झा ५६६, रिकेश सदा ५५४, मो. अनिश शेख ५५९, आशका रुचाल ५५५ तथा सुनम कुमारी चौधरी ५५० मत ल्याएर निर्वाचित भएका छन् ।

एमाले निकट अनेरास्ववियुले दोस्रो स्थानमा रहेको छ। सभापतिका उम्मेदवार मनिष कुमार चौधरीले ४३१ मत प्राप्त गरेका छन् । यसैगरी जसपा नेपाल, जनमत, एकीकृत समाजवादी र माओवादी केन्द्र निकटका संयुक्त विद्यार्थी संगठनले १३७ मत मात्रै पाएको छ।

नेविसंघले यो क्याम्पसमा लगातार तेस्रोपटक स्ववियु निर्वाचनमा जित हात पारेको हो।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः