च्याम्पियन्स ट्रफी भारतलाई, फाइनलमा न्यूजिल्याण्ड ४ विकेटले पराजित

च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधि भारतले जितेको छ । यूएईको दुबई मैदानमा आइतबार राति भएको फाइनलमा न्यूजिल्याण्डलाई ४ विकेटले पराजित गर्दै भारतले उपाधि जितेको हो ।

२५२ रनको चुनौती भारतले ४९ ओभरमा ६ विकेटको क्षतिमा पूरा गरेको हो । भारतका लागि कप्तान रोहित शर्माले कप्तानी इनिङ्स खेल्ने क्रममा ८३ बलमा ३ छक्का र ७ चौकाको मद्धतले ७६ रन बनाए ।

त्यस्तै श्रेयस अथ्यरले ४८ रन जोडे । त्यस्तै केएल राहुलले अविजित रहँदै ३४ तथा शुबमन गिलले ३१ रन बनाए ।

यसअघि न्यूजिल्याण्डले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २५१ रन बनायो ।

ड्यारिल मिचेलले ६३, मिचेल ब्रासवेलले अविजित रहँदै ५३ तथा रचिन रविन्द्रले ३७ रन बनाए ।

भारतका लागि कुलदीप यादव र वरुण चक्रवर्तीले २–२ विकेट लिए । भारतले एक दिवसीयमा लगातार १५ औँ पटक टस हारेर बलिङ गरेको थियो । अहिलेसम्म कुनै पनि टिमले १५ पटक लगातार टस हारेको छैन ।

भारतले टी–२० विश्वकप जितेको ९ महिनापछि रोहितको कप्तानीमा अहिले च्याम्पियन्स ट्रफी जितेको हो ।

सेमिफाइनलमा भारतले अष्ट्रेलियालाई ४ विकेटले पराजित गरेको थियो भने न्यूजिल्याण्डले दक्षिण अफ्रिकालाई ५० रनले पराजित गरेको थियो ।

समूह चरणको खेलमा भारतले न्यूजिल्याण्डलाई पराजित गरेको थियो । त्यस्तै समूह चरणमा भारतले पाकिस्तान र बंगलादेशलाईसमेत हराएको थियो ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः